हेटौडा । नेपाली काङ्ग्रेसले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई अगाडि बढाउने भएको छ ।आइतबार बसेको संसदीय दलको वैठकले दलको नेता लामालाई आगामी मुख्यमन्त्रीको रुपमा प्रस्ताब गरिएको हो । संघमा काङ्ग्रेस र एमालेको गठबन्धन भएसंगै वाग्मतीमा पनि सरकार परिवर्तन हुन लागेको हो । वाग्मतीमा पहिलो पटक काङ्ग्रेस नेतृत्वमा सरकार गठन हुन लागेको हो ।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा वैठकमा विश्वासको मत लिँदैछ्न । कांग्रेसले जम्कट्टेलको विपक्षीमा मतदात गर्न समेत ह्विप जारी गरेको छ ।वाग्मतीमा काङ्ग्रे र एमाले मिल्दा सहज बहुमत पुग्ने अवस्था रहेको छ । ११० सदस्यीय प्रदेशसभामा काङ्ग्रेसको ३७ र एमालेको २७ सासंद रहेका छन् । बहुमतको लागि ५६ मतको आवश्यकता रहेको छ ।
मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेस, एमाले र राप्रपाले विश्वासको मत नदिने स्पष्ट पारिसकेको छ ।