अख्तियार हेटौंडाद्वारा घुससहित लेखा अधिकृत पक्राउ

हेटौंडा टुडे
७ श्रावण २०८१, सोमबार १३:४०

 
हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले घुस रकमसहित एक लेखा अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइराला रहेकी छिन् ।
टोलीले उनलाई भरतपुर महानगरपालिका(४ कटहर चोकबाट सेवाग्राहीसँग लिएको सेवाग्राहीसँग लिएको एक लाख ५० हजार रुपैयाँ नगद र चार लाख ५० हजार रुपैयाँको चेकसहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
लेखा अधिकृत कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा टोली परिचालित भएको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*