
हेटौंडा। हिजो राति शनिबार परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा भएर काठमाडौं जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको दुईवटा सडकखण्ड अवरुद्ध बनेका छन्। अविरल बर्षाको कारण कान्तिलोकपथ सडक खण्ड अन्तर्गत मकवानपुरको भिमफेदि-८ कालोपहिरोमा, र बकैया -१२ मानेघुम्ती, ठिंगनबजार, चौतारा भिर, बकैया।११ आहालेगाँउ, खोरभन्ज्याङमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ ।
त्यसैगरी भैंसे भिमफेदि सडक खण्ड अन्तर्गत भिमफेदि(४ रातोमाटेमा पहिरो खस्दा बाटो पुर्णरुपमा अवरोध भएको प्रहरीले जानकारी दिएको छ। बाटो खुलाउनको लागि सम्बन्धित निकायमा समन्वय भईरहेको र पहिरो हटाउन ३र४ घण्टा लाग्ने भएकोले बैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ।


सेयर गर्नुहोस्