हेटौडा। मंगलवार राति र बुधबार बिहान परेको अविरल वर्षाका कारण काठमाडौँको बल्खु र आसपासको क्षेत्र डुबानमा परेको छ। अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा बागमती नदीमा पानीको बहाव बढ्दा नदी किनारका तटीय क्षेत्रमा बाढी पसेको हो। नदीको तटीय क्षेत्रमा रहेका संरचनाहरू डुबानमा परेका छन्।
बल्खुमा तरकारी बजार र आसपासका क्षेत्र जलमग्न भएको छ।बागमतीको बाढीले बल्खु तरकारी अगाडि राखिएको दुइवटा ट्रकसमेत पल्टिएर डुबेको छ। अन्य क्षेत्र पनि डुबानमा परेको जनाइएको छ ।
सेयर गर्नुहोस्