कांग्रेस नेता दाहालले किने महाबिर पुनका एक सय पुस्तक

हेटौंडा टुडे
७ भाद्र २०८१, शुक्रबार २०:३४

हेटौडा । कांग्रेस नेता दाहालले किने महाबिर पुनका एक सय पुस्तक राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने उद्देश्यसहित नेपाली कांग्रेस मकवानपुरका नेता प्रभातकुमार दाहालले महाबिर पुनका एक सय पुस्तक खरिद गरेका छन् । वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनको उदेश्य लिएर देशव्यापी पुस्तक बिक्रीमा रहेका पुनको १ सय थान पुस्तक दाहालले शुक्रवार खरिद गरेका हुन् । ७५० रुपियाँ नेपाली मूल्य रहेको पुस्तक बिभिन्न पुस्तकालय, किताब खरीद गर्नबाट छुटेका व्यक्तिलाई अध्ययनका लागि दिने सोच रहेको नेता दाहालले बताए । यसै आफ्नो व्यक्तिगत खर्चलाई कटाएर नेपालमै केही गरौं भन्ने युवापंक्तीलाई अध्ययनका लागि दिने सोच रहेको उनले बताए । नेपाल र नेपालीका लागि केही गर्छु भन्दै देश भर डिरहेका पुनलाई हाम्रो तर्फबाट पनि हौसला दिनु पर्ने सोच हित करिब ७५ हजार रुपियाँको लागतमा पुस्तक खरिद गरिएको नेता दाहालले बताए । किताब खरिद गरेका दाहाललाई पुस्तक हस्तान्तरण गर्दै युवा पंक्तिमा यो खालको सोच हुन जरुरी रहेको पुनले बताए । सरकारले २०४९ सालमा बन्द गरेको कृषि औजार कारखानामा आबिष्कार केन्द्रको १ करोड रुपियाँ मर्मतको क्रममा फसिसकेको छ त्यहाँबाट नेपाली माटो सुहाँउदो कृषि औजार उत्पादलाइ अघि बढाउनका लागि पुस्तक बिक्री अभियान थालेको बैज्ञानिक पुनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*