बसामाडी जेसीजको जेसीज सप्ताह फूटसल र सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा टुडे
७ भाद्र २०८१, शुक्रबार २०:४१

हेटौडा । बसामाडी जेसीजको जेसीज सप्ताह २०२४ को पहिलो दिन बिहिवार २ ओटा कार्यक्रम सम्पन्न भएको छ । पहिलो कार्यक्रम अन्तरगत बिहान बसामाडी जेसीज र अखिल (क्रान्तिकारी) मकवानपुर बिच मैत्रीपूर्ण फुटसल कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा-४ स्थित कमलडाँडा फुट्सल मैदानमा भएको मैत्रीपूर्ण फूटसल प्रतियोगितामा अखिल (क्रान्तिकारी)मकवानपुर ७-६ गोल अन्तरले बिजयी भएको थियो । पतन्जली योग आरोग्य सस्था मकवानपुरका कोषाध्यक्ष हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता बसामाडी जेसीजका अध्यक्ष जेसी उद्धब राज कठायतको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बसामाडी जेसीजका सदस्य एवम् अखिल (क्रान्तिकारी) मकवानपुर अध्यक्ष बुद्धराज अर्याल, फूटसल कार्यक्रम संयोजक सुदिप नेपाल लगायतको आतिथ्यता रहेको थियो । यसैगरि बिहिबार दिउँसो सप्ताहव्यापी कार्यक्रम अन्तरगत लागू औषध सम्बन्धि सचेतना कार्यक्रम हेटौंडा-४ कर्रा स्थित श्रमिक मा.वि.मा सम्पन्न भएको छ । सचेतना कार्यक्रम शाखा अध्यक्ष उद्धब राज कठायतको सभाध्यक्षता  एवम् वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सचेतना कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा सियान पुन:स्थापना केन्द्र मकवानपुरका संचालक सौजन डि.सि. रहेका थिए ।  कार्यक्रममा श्रमिक मा.वि का प्रधानध्यापक श्रीराम दाहाल, सप्ताहव्यापी कार्यक्रमका मूल कार्यक्रम संयोजक दिपेन्द्र यादव, सह-मूल कार्यक्रम संयोजक प्रमोद उप्रेती लगायत कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम राजकुमार पौडेलको संयोजकत्वमा भएको थियो ।  सचेतना कार्यक्रममा विद्यालयमा कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरू सहभागिता रहेको थियो । सप्ताह अन्तरगत शुक्रवार शुक्रबार बिहान ८ बजे नेपाल परिवार नियोजन संघ हेटौंडामा प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सम्बन्धि अन्तरक्रिया कार्यक्रम र दिउँसो १ बजे रस्सल एकेडेमी हेटौंडा ९ मा साइबर सेक्युरिटी सम्बन्धि तालिम हुने मूल कार्यक्रम संयोजक दिपेन्द्र यादबले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*