मकवानपुरको राक्सिराङमा दुई दिन सार्वजनिक बिदा

हेटौंडा टुडे
१९ भाद्र २०८१, बुधबार ११:२८

हेटौँडा । चेपाङ समुदायको मुख्य पर्व न्वागीको अवसर पारेर मकवानपुरको राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । सीमान्तकृत समुदाय चेपाङको बाहुल्यता रहेको राक्सिराङमा छोनामा अर्थात् न्वागीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको हो ।

पालिकाले न्वागीको अवसरमा भदौ २१ गते र २२ गते सार्वाजनिक बिदा दिएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लद्वारा हस्तक्षरित सूचनामार्फत सार्वजनिक बिदाको बारेमा जानकारी गराइएको हो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले उक्त दिन गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय एवम् शिक्षण संस्थाहरूमा बन्द हुने जानकारी दिनुभयो । सूचनामा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको महत्त्वपूर्ण अङ्गको रूपमा प्रकृति पुजक अति सीमान्तकृत चेपाङ जातिको महत्त्वपूर्ण पर्व न्वागी ९छोनाम० को अवसरमा यही मिति २०८१ भदौ २१ र २२ गते दुई दिन राक्सिराङ गाउँपालिकाभरी स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको कुरा उल्लेख गरिएको छ । यस पालिकामा ४३।९६ प्रतिशत चेपाङ समुदायको बसोबास रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*