वडा नम्बर ४ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिँदै

हेटौंडा टुडे
२६ भाद्र २०८१, बुधबार १६:२८

हेटौंडा । हेटौंडा वडा नम्बर ४ लाई बालमैक्री स्थानीय शासनयुत्त वडा घोषणा गरिने भएको छ । वडा कार्यालयले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै भदौ २८ गते शुक्रबार वडालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्रिका स्थानीय शासनयुवत्र वडा घोषणा गर्न लागिएको जानकारी दिएको हो । वडा सदस्य गीता त्रिपाठीका अनुसार सोही दिन वडालाई बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिनेछ । ‘हामीले करिब २० महिना अगाडिबाट यसक्षेत्रमा काम गरिरहेका थियौं । यसअवधिमा बालश्रममा रहेका नौ जनाका उद्धार गरिएको छ । यस वडामा विद्यार्थी ड्रप आउट र बालविवाह शुन्य अवस्थामा रहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*