नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश हेटौंडा आउने

हेटौंडा टुडे
२६ भाद्र २०८१, बुधबार १६:३६

हेटौडा । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हेटौंडा आउने भएका छन् । हेटौंडामा भदौ ३० गते हुने स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्न उनी हेटौंडा आउने भएका हुन् । कांग्रेसले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठनमा गरेको ढिलाई कारण २०७९ वैशाखमा सम्पन्न निर्वाचनको समिक्षा २०८१ गर्न हेटौंडामा कार्यक्रम आयोजना गर्न लागिएको हो । विभागले आफ्नो पहिलो कार्यक्रम वाग्मती प्रदेशको राजधानी हेटौंडाबाट सुरु गर्ने भएको छ ।

नेपाली कांग्रेस मकवानपुरले बुधबार हेटौंडामा  पत्रकार सम्मेलन गर्दै कार्यक्रमको तयारी सुरु भएको जानकारी दिएको छ । पार्टीले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गरेपछि पहिलो फटक हेटौंडामा कार्यक्रम हुन लागेको हो ।कार्यक्रममा स्थानीय तहमा वडा, पालिका, नगर र उपमहानगरमा उम्मेदवार भएका सम्पूर्णलाई उपस्थिति  लागि भनेका छौं । नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाका अनुसार भेलामा स्थानीय तह निर्वाचनको विषयमा समिक्षा र अबको दिनमा तय गरिने मार्ग निर्देशनबारे छलफल हुने छ ।अब विभागले देशैभर स्थानीय तहका उम्मेदवारसँग अन्तक्रिया गर्नेछ ।उनले भने । यस विभागको प्रमुखमा नेपाली कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*