युटेकमा दिगो निर्माण प्रविधि र व्यवस्थापनः चुनौती र अवसर विषयक अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

हेटौंडा टुडे
७ आश्विन २०८१, सोमबार १०:२९

भरतपुर- ११ मा अवस्थित युनाईटेड टेक्निकल कलेजमा दिगो निर्माण प्रबिधि र व्यवस्थापनः चुनौती र अवसर बिषयमा एक अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन मुख्य अतिथि पोखरा बिश्वबिधालय, बिज्ञान तथा प्रबिधि संकायका डीन प्राध्यापक, राजेश कुमार ठकुराठीले गर्नुभएको थियो । उहाले दिगो निर्माण र व्यवस्थापनको महत्व र यसका अवसरहरूको चर्चा गर्दै, युवा विद्यार्थीहरूलाई यस क्षेत्रमा संलग्न हुन प्रोत्साहित गर्नुभएको थियो । सम्मेलनमा बोल्दै कलेजका प्रबन्ध निर्देशक इन्जिनियर बाबुराम उपाध्यायले दिगो निर्माण प्रबिधिको प्रयोगले समाजमा पर्न सक्ने सकारात्मक प्रभावहरुको बारेमा चर्चा गर्नुभएको थियो।

यसैगरी स्वागत मन्तब्य राख्दै युनाईटेड टेक्निकल कलेजका अनुसन्धान निर्देशक डा। अर्जुन बानियाँले सम्मेलनको मुख्य उदेश्य भेनेको दिगो निर्माण प्रबिधि र व्यवस्थापनमा रहेका चुनौती र अवसरहरुको चर्चा गर्नु नै रहेको जानकारी गराउनु भयो । सम्मेलनमा बोल्दै कलेजका प्रिन्सिपल प्राध्यापक डा। केशव दत्त अवस्थीले सहभागीको नया सोचबाट आफु प्रभावित भएको र यसले आधुनिक प्रबिधि उपयोग र नवप्रवर्तनमा महत्त्वपूर्ण योगदानदिने बताउनु भयो ।

सम्मेलनमा कृषि संकायका डीन प्राध्यापक डा। अर्जुन कुमार श्रेष्ठ दिगो निर्माण प्रबिधि र व्यवस्थापनको बारेमा चर्चा गर्नु भएको थियो।। उक्त कार्यक्रमको संचालन सिभिल विभागीय प्रमुख निरज बोहराले गर्नु भएको थियो । नेपाल, अमेरिका र बेलायतका भिबिन्न बिश्वबिधालयबाट बाट पाल्नुभएका प्राध्यापक, अनुसन्धानकर्ताहरुले मुख्य बक्ताको रुपमा आफ्नो अनुसन्धान प्रस्तुत गर्नु भएको थियो । सम्मेलनमा ज्याक्सन बिश्वबिधालयमा, अमेरिकामा कार्यरत प्राध्यापक डा। रकी ताल्चाभडेल, डा। ओम प्रकाश गिरी, पोखरा बिश्वबिधालय, डा।रामहरी पौड्याल लगायतले आफ्नो अनुसन्धान प्रस्तुत गर्नु भएको थियो ।

सम्मेलनका प्रमुख विषयबस्तुहरुमा जलबायु परिबर्तनका बीचमा दिगो विकास, वातावरणयी प्रभाव मुल्याकन, कंक्रिटका विभिन्न गुणहरुको अन्वेषण, खानेपानी योजनाहरुको दिगोपन मुल्याकन लगायतका विषयहरु समावेश रहेका थिए। सम्मेलनका दौरान विभिन्न प्राबिधिक सत्रहरू भएका थिए भने उक्त सत्रमा युनाईटेड टेक्निकल कलेज, पोखरा बिस्वबिधालय इन्जिनियरिन संकाय लगायतका देशका अन्य विश्वविधालयका विधार्थीहरुले आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए। यसअगी पनि सन् २०२१ मा कलेजले दिगो ईन्जिनियरिङ प्रविधि र व्यवस्थापन विषयमा अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*