राप्ती खोलाबाट उद्धार गरिएका व्यक्तिको मृत्यु

हेटौंडा टुडे
७ आश्विन २०८१, सोमबार १३:१९

हेटौडा । हेटौडा उपमहानगरपालिका-१ स्थित राप्ती खोलाले बगाइरहेको अवस्थामा उद्धार गरिएका व्यक्तिको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-१ का ४९ वर्षीय दीपक कार्कीको राप्ती खोलाले बगाइरहेको अवस्थामा पौडी खेल्न गएका हेटौंडा उपमहानगरपालिका-१४ का २० वर्षीय सलोन वाइवाले खोलाबाट कार्कीलाई उद्धार उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । उपचारका क्रममा कार्कीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

शनिबार बिहान कार्की घरबाट निस्केका थिए । कार्कीलाई खोलाले बगाएको हो कि अन्य केही भएको त्यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*