हेटौंडा । काठमाडौं जोड्ने छोटोे दुरीको हेटौंडा-सिस्नेरी-दक्षिणकाली सडक बुधबार सुचारू रहने भएको छ । दक्षिणकाली छैमले सिस्नेरी सडक खण्ड कालोपत्रे गर्न यातायात बन्द हुने भनिएकोमा बुधबार सुचारू रहने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलबारदेखि असोज १९ गतेसम्म १२ दिन सो सडकमा सवारी संचालनमा रोक लगाई बैकल्पिक मार्ग प्रयोगका लागि समन्वय गरिदिन दक्षिणकाली नगरपालिकाले काठमाडौं र मकवानपुर जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो ।
तर हाललाई निर्माण कार्य स्थगित भएकोले सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरुलाई कुनै किसिमको रोक नरहेको जानकारी बुधबार विहान प्राप्त भएको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्