पहिरो खस्दा कुलेखानी सिस्नेरि सडकखण्ड अवरुद्ध

हेटौंडा टुडे
११ आश्विन २०८१, शुक्रबार १०:२२

हेटौंडा । बिहीबार राति देखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कुलेखानी-सिस्नेरि सडकखण्ड अवरुद्ध भएको हो। सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोबर-२ सुकौरामा पहिरो खसेको र बाटो अवरुद्ध बनेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन्। सडक माथिबाट लेदो माटो सहितको पहिरो खसेको र सडक खुलाउन समन्वय भइरहेको जनाइएको छ । यता पहिरो खसेर हिजोबाट अवरुद्ध बनेको कान्तिलोकपथ अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image