आइतबारसम्मै देशभर वर्षाको सम्भावना

हेटौंडा टुडे
१२ आश्विन २०८१, शनिबार १०:००

हेटौडा । शुक्रबार बिहानदेखिको निरन्तर वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ । दसैंको चहलपहल सुरु भइसकेका बेला देशभर एकैसाथ वर्षा भएपछि मानिसको आवागमन प्रभावित भएको छ । देशका विभिन्न भागमा बाढीपहिरो र डुबानको त्रास बढेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । कोशी, वाग्मती र लुम्बिनी प्रदेशका कतिपय ठाउँमा धेरै भारी र अति भारी वर्षासमेत भएको छ । विभागले १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षाका रूपमा लिने गरेको छ । १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी वर्षा र त्यसभन्दा बढीलाई अति भारी वर्षा मानिन्छ ।

शुक्रबार राति ९ बजेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी झापामा २९९ मिलिमिटरसम्म वर्षा मापन भएको छ । झापाकै केचनामा २२८, चन्द्रगढीमा २९८, बिर्तामोडमा २५३, गौरादहमा २४३ मिलिमिटर वर्षा मापन गरिएको छ । इलाममा १५९ मिलिमिटर, विराटनगरमा १६९, सप्तरीमा १५५ र बारामा १४६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, चितवनमा १५८, नवलपरासीमा १७३, भैरहवामा १५४, कपिलवस्तुमा १४९, गुल्मीमा १५१, पाल्पामा २६७ र धनगढीमा १०४ मिलिमिटर वर्षा भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*