अविरल वर्षाका कारण सिस्नेरी बजार बगायो, २८ घर डुबानमा

हेटौंडा टुडे
१२ आश्विन २०८१, शनिबार ११:३२

हेटौडा । इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारमा अविरल वर्षाका कारण आएको बाढीले ३० वटा घरटहरा बगाएको छ । बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । वर्षाका कारण कुलेखानी भरिएपछि आज विहान बाँधका दुई वटा ढोका खोलिएको थियो । विभिन्न खोलामा सतह बढेको बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*