मकवानपुरको बागमती खोला किनारमा तीन जनाको शव फेला

हेटौंडा टुडे
१५ आश्विन २०८१, मंगलवार १४:३२

हेटौंडा । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर–१० मन्थली स्थीत वाग्मती नदीको किनारमा तीन वटा शव फेला परेका छन् ।स्थानीय बासिन्दाहरूले वाग्मतीमा माछा मार्न जाने क्रममा उक्त शव देखेको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए । एउटा महिला र दुई वटा पुरुषको शव फेला परेको उनले बताए । ती शवलाई काठमाडौं हेलिकप्टरमार्फत लैजान गृह मन्त्रालयसँग समन्वय भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिल्वालले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image