मकवानपुरगढीमा ज्यामिरे खोलाले बगाउँदा एक जनाको मृत्यु

हेटौंडा टुडे
१६ आश्विन २०८१, बुधबार १३:०५

हेटौडा ।  मकवानपुरगढीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिकामा वडा नम्बर – ५ धादिङ्ग रहेको ज्यामिरे खोलाले बगाउँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा वडा नम्बर – ५ सिमलटार स्थायी बसोबास गर्ने बर्ष ६४ कि  गोमा कुमारी दमाईको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुरगढीले जनाएको छ । उनलाई ज्यामिरे खोलाले बगाएर सामरी खोला तर्फ ५० फिट तलसम्म पुयाएको थियो । उनको सब प्रहरीले बग्दै गरेको अवस्थामा ज्यामिरे खोला र सामरी खोलाको दोभानमा अस्थायी प्रहरी चौकी धादिङ्गबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उनको शव फेला परेको हो । केही दिन यता परेको अविरल वर्षाले मकवानपुरका विभिन्न खोलामा पानीको वहाब तीव्र छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*