मकवानपुरको बागमती गाउँपालिकामा सवारी दुर्घटनामा तीन जना घाइते

हेटौंडा टुडे
१९ आश्विन २०८१, शनिबार १०:४९

हेटौडा । मदनभण्डारी लोकमार्ग अन्तरगत मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८, साततल्लेमा आज बिहानै सवारी दुर्घटना हुँदा भएको छ । बिहान ७ बजेको समयमा काठमाडौंबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२०–००१ ज ४३२८ नं।को इभी गाडी ९भ्यान० आफै अनियन्त्रित भई सडक छेउको नालामा खसेर दुर्घटना भएको मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

प्रहरी निरीक्षक सापकोटाका अनुसार, उक्त दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा गाडी चालक धनकुटाको बुद्ध नगरपालिका–१, हिले बस्ने वर्ष ५२ को देवी थापा, गाडीमा सवार सोही ठाउँ बस्ने वर्ष ३० की प्रमिला तामाङ र काठमाडांै चावेल बस्ने वर्ष ४८ की बिना तामाङ लामा रहेका छन् । घाइते तीनै जनाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सापकोटाले बताए । दुर्घटनाग्रस्त गाडीमा चालकसहित १२ जना सवार थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*