पुष्पाञ्जली आमा गस्ती समुहको अध्यक्षमा कल्पना थापा मगर

हेटौंडा टुडे
२० आश्विन २०८१, आईतवार १२:४५

हेटौडा । रात्रीकालिन सडक सुरक्षा र हिंसामुक्त सडक अभियानका साथ युवाहरुलाई लागुपदार्थ दुव्र्यसनीबाट मुक्त गर्दे हिंसाजन्य घटनाको दर शुन्यतामा लैजाने उद्देश्यका साथ २०७४ सालमा स्थापना भएको पुष्पाञ्जली आमा रात्री गस्ती समुह तेश्रो साधारण सभा तथा विजयादशमी, छठ तथा तिहारको अवसरमा शुुभकामना आदनप्रदान कार्यक्रम संस्थाका अध्यक्ष कल्पना थापा मगर र हेटौंडा वडा नं ९ का अध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यतामा भएको थियो । मकवानपुर जिल्लामै रातको समयमा आमाहरुको समुह बनाएर राजमार्ग र वडाका विभिन्न टोलमा दुुव्र्यसन र हिंसा रहित समाज निर्माणको लागि गस्ती गर्दे विगत पाँच बर्ष देखि समुदाय स्तरबाट नियमित गस्ती गरेर सुरक्षा निकायको सहयात्रीको रुपमा काम गर्दे आएको गस्ती समुहले शान्तिपूर्ण समाज निर्माणमा सहयोग पुुगेको कार्यक्रमका विशिष्ट अतिथि मकवानपुरका जिल्ला समन्वय समितिका पुर्व प्रमुख रघुनाथ खुलालले बताउनु भयो ।

सुमदायलाई अनुशासित राख्न दुव्र्यसन र हिंसा रहित समाजले धेरै सहयोग पुर्याउछ र घरकै आमाहरु नै सडकमा हिंसाजन्य घटनादर न्युनीकरण गर्न र युवाहरुलाई कुलतमा लाग्न नदिन अहोरात्र रातिको समयमा पहरा दिनु निकै प्रंसशायोग्य काम भएको छ । पुुष्पाञ्जली आमा गस्ती समुहको कामलाई अवलम्बन गर्दे टोल विकाश समितिहरु पनि रात्रिकालीन गस्ती समुह बन्दै ग्एको र यसले समाजलाई झैझगडा कम हुने, अव्यवस्थित मदिरा बिक्री वितरण, लागुपदार्थ दुव्र्यसन तथा घरेलु हिसांको घटना समेत न्युनिकरण हुदै जानुमा ९ नं वडा कार्यालय सधै सहकार्य गर्न तयार रहेको प्रमुख अतिथि वडा नं ९ का अध्यक्ष सुकराम केसीले बताउनुभयो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राम विष्ट, ९ न. वडा टोल समन्वय समितिका अध्यक्ष रमिला सापकोटा, पुर्व वडा अध्यक्ष लक्ष्मण भण्डारी, पुर्व जिल्ला समन्वय समितिका सदस्य सिता अधिकारी, वेतखोल्सी सामुदायिक वन समुहका अध्यक्ष वासुदेव प्याकुरेल प्रगतिशिल टोल विकाश समितिका अध्यक्ष जयराम खतिवडा मदन टोल विकाश समितिका अध्यक्ष सूूर्य स्याङ्तान , वडा नं ९ खेलकुद समितिका सदस्य गोकुल केसी लगायतले शुुभकामना मन्तव्य राख्नु भएको थियो ।

पुुष्पाञ्जली आमा गस्ती समुहको प्रगति प्रतिवेदन शुुशीला कुमारी गौतम र आर्थिक प्रतिवेदन कार्यवाहक कोषाध्यक्ष गोमा शाहले प्रस्तुुत गर्नु भएको थियो । तेश्रो साधारण सभाबाट अध्यक्ष कल्पना थापा मगर, उपाध्यक्ष धन मुत्तान, सचिव शुशीला कुमारी गौतम, कोषाध्यक्ष गोमा शाह, सदस्यहरु बिना रिजाल, ज्ञानु जोशी, गोमा क्षेत्री, बिमला भारती, शारदा कार्की, बेली लामा सहित पछि एक जना मनोनित गर्ने गरी दश सदस्ययी नयाँ कार्य समिति सर्व सम्मत रुपले चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*