एक्सनलाई जोड दिँदा खस्किए झैँ देखिन्छ “छक्का पञ्जा ५” को ट्रेलर

हेटौंडा टुडे
२२ आश्विन २०८१, मंगलवार १०:३६

हेटौडा । आगामी असोज – २५ गतेबाट प्रर्दशनको तयारीमा आउन लागेको चलचित्र “छक्का पञ्जा ५” को ट्रेलरले यति बेला बजारमा राम्रै चर्चा चुलिएको छ भने ट्रेलरलाई लिएर दर्शकहरुबाट मिश्रित प्रतिकृया आईरहेको छ । यद्यपी चलचित्रले अघिल्ला सिरिजमा जस्तो उत्साहजनक प्रतिकृया एवम चर्चा भने यो टिमले पाएको छैन् ।

म नेपालि चलचित्रलाई माया गर्ने नेपालि चलचित्र प्रेमी नै हो । मलाई यो चलचित्रका ट्रेलर सार्वजानिक भए पछी मैले करिब ५० पटक भन्दा धेरै पटक हेरिसक्य किन भने मैले बिगतमा यो ब्यानरले बनाएको चलचित्रको सबै चलचित्रहरु हेरेको छु तर मलाई किन हो किन यो पटक चलचित्रको ट्रेलर हेर्दा चलचित्रमा केहि दम छ जस्तो नै लागेन त्यसैले छक्का पन्जा ५ को ट्रेलर हेरेर सामाजिक संजालमा आएको मिस्रित प्रतिक्रिया पढेर सुनेर केहि लेख्दै छु ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र “छक्का पञ्जा ५”को ट्रेलर हेर्दा एक्सन केन्द्रित भएको जस्तो ट्रेलर बाट बुझ्न सकिन्छ । साथै अघिल्लो चलचित्र झैँ राम्रो नभएको र खस्केको दर्सकहरुको भनाई छ । यस अघिका सिरिजमा कन्टेन सँगै हास्य ब्याङ्गेमा जोड रहने छक्का पञ्जा टिमले कनीकुति भएनी एक्सन भित्र्याउन खोज्दा कता कता कमेडी खस्केकाे खोजेको जस्तो ट्रेलरमा देखिन्छ ।

हरेक चलचित्रमा आफु राजाको भुमिकामा देखि रहने कलाकार तथा अभिनेता दिपकराजलाई यो चलचित्रमा एक्सनमा खास्सै फिट जस्तो देखिदैन । यता हाँस्य कलाकार तथा अभिनेता केदार घिमिरे माग्ने बुढा लभर ब्वाईको भुमिकामा देखिन्छन । चलचित्रको टेलर हेर्दा यो पटक माग्ने बुढाको भुमिकाले खास्सै दर्शको मन भने जित्न सक्ने छनक भने छैन । यस अघि देखिरहने भुमिकामा भन्दा निक्कै फरक देखिएका कलाकार केदार घिमिरेको डाईलग डेलिभरि पनि खास्सै दमदार देखिदैन । इमान्दार सरकारी कर्मचारीले भोग्ने सामाजिक कथामा कमेडीको मज्जा दिने प्रयास गरेको ट्रेलरबाटै देखिन्छ तर ट्रेलर निक्कै फितलो भएको दर्शकको प्रतिक्रिया दीईरहेका छन् । चलचित्रमा दिपा दिपकले आफ्नो जुनसुकै फिल्ममा पनि विवाह र युवा अवस्थाकाे प्रेम कथा लाई देखाइएको भन्दै दर्शकले मिश्रीत प्रतिक्रिया दिए संगै असन्तुष्टि व्यक्त गरेका छन् ।

सदैव दशैकाे मुखमा एकल रुपमा दिपा दिपकले आफ्नो फिल्म प्रदर्शन भएपनि यसपटक आफ्नै टिम बाट फुटेर गएका पूर्व सहकर्मी जितु नेपालको मूख्य भूमिका रहेको “ज्वाईंसाब” र विराज भट्टको निर्देशनमा बनेको एक्सन फिल्म “१२ गाउँ” फुलपातीकै दिन प्रदर्शनमा आउने भए संगै दर्शकगरु यो पटक कुन फिल्म हेर्ने भन्ने चलचित्रको टेलर हेरेर फाईनल गरिसकेको छन् ।

यसपटक दिपक दीपाले फिल्मको लागि निर्माण गरेका दुवै गीत अपेक्षा गरे अनुसार चल्न पनि सकेनन । पहिलो गीत ‘बिहे भाको छैन्’ लाई कपिराइटको आरोप लाग्य स‌गै दुइ अर्थी अर्थ लाग्याे भनेर चर्चा भयाे भने २ हप्ताअघि सार्वजनिक भएको ब्रेकअप गीतलाई पनि सरापे गीत भनेर दर्शकले उडाई दिए । झन् गीतमा रहेको लेडिज आवाज दिपाकाे दर्शकले रुचाएनन । चलिचत्र क्षेत्रमा ब्राण्डभ्यालु बोकेको यो चलचित्रमा बिगतमा  सफल कलाकारको संख्या धेरै बाट सुरु गरेको भए पनि यो चलचित्रमा फुटको संख्या बढ्दै जादै नया कलाकारको संख्या बढ्नाले चलचित्रको ट्रेलरले खासै नयाँ नौलो पन नदेखिए पछी सामाजिक सञ्जालमा छक्कापञ्जा ५ को ट्रेलरलाई हात्ती आयो हात्ती आयो फुस्सा भन्दै टिप्पणी भईरहेको छ ।

कमेडी जनराको बनेको ‘छक्का पञ्जा’ मा दीपकराज गिरि , केदार घिमिरे र वर्षाका साथमा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, मेक्सम गौडेल, रमेश बुढाथोकी लगायत कलाकारहरूको अभिनय रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*