भिमफेदीमा बस पल्टियो, ६ को अवस्था गम्भीर

हेटौंडा टुडे
२३ आश्विन २०८१, बुधबार २२:२८

हेटौडा । बुधबार साँझ हेटौडा बाट काठमाण्डौ तर्फ जादै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाण्डौ बाट जनकपुरको लागी आउदै गरेको ८ बा ३ ख २७२३ नम्बरको मिनी बस एक आपसमा ठक्कर खादा हेटौंडा आउदै गरेको बा २ ज ८० नम्बरको ट्याक्सी समेत ठोक्किन पुगी दुर्घटना  भएको छ । दुर्घटना  भैसे भिमफेदी सडकखण्ड अन्तर्गत  भीमफेदी ४ गोल्पिङमा भएको हो । बस गोल्पिङ नजिक दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा ६ जना गम्भीर घाइते भएको र २ वटा ट्याक्सीसंग ठक्कर खाएको बस सडकबाट पल्टिर खोला किनारमा उत्ताने परेको प्रहरीको भनाई छ , प्रहरीको अनुसार दुर्घटनामा सवार मध्ये २ दर्जन बढी यात्रु घाइते भएको र उनिहरुको अवस्था सामान्य रहेको बुझिएको छ भने  सबैलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको मकवानपुर प्रहरीको भनाई छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*