बस चढेका व्यक्तिको ५१ हजार नगद चोरी गर्ने तीन जना पक्राउ परेका छन्

हेटौंडा टुडे
१३ कार्तिक २०८१, मंगलवार १६:५३

हेटौंडा । बस चढेका यात्रुको ५१ हजार नगद चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरीमा गएराति ११ बजेको समयमा मनहरी – ६ बस्ने ४९ वर्षीय भरत गौतम हेटौडाबाट ना ५ ख ८१०१ नंबरको बस चढि लोथर जाने क्रममा निजको साथमा रहेको नगद ५१ हजार पाकेट मारी चोरी गर्ने ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका वडा नंबर ६ बस्ने ३२ वर्षिय लाक्पा तामाङ, जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नंबर–१० बस्ने ४२ वर्षिय प्रेम दोर्जे शेर्पा र धनकुटा छथर गाउँपालिकावडा नंबर– ३ बस्ने ३७ वर्षिय हेमराज श्रेष्ठ रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image