आज हरिवोधनी एकादशी, मकवानपुरको तीन स्थानमा मेला लाग्दै

हेटौंडा टुडे
२७ कार्तिक २०८१, मंगलवार ०७:५७

हेटौंडा । आज हरिबोधिनी एकादशी, आजको दिन मकवानपुरको तीन स्थानमा मेला लागेको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकावडा नंबर २ मा रहेको एतिहासिक मकवानपुरगढी दरबार, भीमफेदी गाउँपालिका – वडा १ स्थित त्रिखण्डी मन्दिर, र थाहा नगरपालिका वडा नंबर ४ स्थित ऋषेश्वर मन्दिरमा एकादशीको विशेष मेला लागेको छ । यी स्थानमा हरेक वर्षको एकादशीको दिनमा मेला लाग्ने गरेको छ । मेलाका अवसरमा आज मंगलबार बिहानैबाट मकवानपुरगढी दरवार त्रिखण्डी मन्दिर र ऋषेश्वर मन्दिरमा भक्तजनहरुको घुइचो लागेको छ । आजकै दिन हिन्दु धर्मावलम्बीहरुले भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी मनाउने गर्दछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*