हेटौडा । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै दुष्प्रचार गर्ने दुर्गा प्रसाईँ प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो ९(आइबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको हो । प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रचार गरेका थिए । उनको दाबीमा सत्यता नदेखिएको सीआइबीले जानकारी दिएको छ ।
सेयर गर्नुहोस्