हेटौंडा १२ मा माओवादीका रविनलाई युनेशको समर्थन

हेटौंडा टुडे
६ मंसिर २०८१, बिहीबार ०८:४४

हेटौंडा ।  यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन अन्तरगत हेटौंडा–१२ को वडाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिंदै नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गरेका छन् ।

स्वतन्त्र उम्मेद्वारी दिएका युनेश लामा स्याङ्तानले आफ्नो उम्मेद्वारी फिर्ता लिंदै माओवादीका उम्मेदवार रविकुमार प्रधान ९रविन० लाई समर्थन गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यलयमा उम्मेद्वारी फिर्ता लिए पश्चात स्याङ्तानले पत्रकार सम्मेलनमार्फत् प्रेस विज्ञप्ती जारी गर्दै माओवादी केन्द्रका उम्मेद्वार प्रधान लाई समर्थन गर्ने जानकारी दिएका छन् ।

स्याङ्तानले वडाको विकासका लागि माओवादी केन्द्रका उम्मेद्वार प्रधान उपयुक्त पात्र भएकोले उनलाई समर्थन गरेको बताए । नेपाल समाजवादी पार्टीका जिल्ला नेतासमेत रहेका स्याङ्तानले आफ्नो पार्टीले समेत स्थानीय तह उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वारलाई सघाउने निर्णय गरे अनुसार आफुले उम्मेद्वारी फिर्ता लिएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।
उम्मेद्वारी फिर्ता लिएर आफुलाई सहयोग गर्ने प्रतिबद्धता दिएका स्याङ्तानलाई धन्यवाद दिँदै माओवादी केन्द्रका वडाअध्यक्ष पदका उम्मेद्वार प्रधानले वडाको विकासको लागि सबै पक्षसंग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

उम्मेद्वार प्रधानले आफु सबै वडाबासीको साझा उम्मेद्वारको रुपमा प्रस्तुत भएको र वडाको विकासमा न्योचित ढंगले लाग्ने बताए । प्रधानले आफुलाई मतदान गरी निर्वाचित गराउन सम्पूर्ण वडावासीलाई अनुरोध समेत गरे ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य एवम् मकवानपुर सचिव बीरबहादुर घलान ९ज्वाला०, प्रदेश कमिटी सचिवालय सदस्य शुभरत्न गोले, प्रदेश सदस्य सागर उप्रेती, विवेक राई, १२ नंं। वडा अध्यक्ष रामहरि पोखरेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image