रवि लामिछानेलाई आज काठमाडौं ल्याइने

हेटौंडा टुडे
११ मंसिर २०८१, मंगलवार ११:३२

हेटौंडा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई बयानका लागि आज मंगलबार काठमाडौं ल्याइने भएको छ।
उनलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरण अनुसन्धानका लागि काठमाडौं ल्याइने भएको हो । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सहकारी ठगीसहित तीनवटा अभियोगमा अनुसन्धानका क्रममा काठमाडौंमा बयान लिइने छ । जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उनलाई बयान गराएर फेरि पोखरामै फर्काइने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*