चुरियामाईमा लहरी पल्टियो

हेटौंडा टुडे
१३ मंसिर २०८१, बिहीबार ११:३३

हेटाैंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको हेटौंडा १५ चुरियामाई मन्दिर नजिकै लहरी पल्टिएको छ।

बिहीबार बिहान हेटौडा बजार तर्फ आउदै गरेको प्रदेश २ ०३-००१ ख ६७८० नम्बरको लहरी पल्टिएको मकवानपुर प्रहरीले जनाएको छ । लहरी पल्टिदा चालक मनहरी ६ का ३० वर्षीय महेश मुक्तान घाइते रहेको जनाइएको छ। यो समाचार तयार पर्दा सम्म लहरी पल्टिएर बाटैमै रहेकोले बाटो अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको जनाइएको छ। चालकको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image