हेटौंडा । मकवानपुरमा हाइटेन्सन तार चुडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर –८ दारीमबास ११ हजार भोल्टेजको हाइटेन्सन तार चुडिएर भुईमा लत्रिएको नाङ्रगो तारमा करेन्टको झट्का लागि स्थानीय ३८ वर्षिय मंगल सिंह प्रजाको मृत्यु भएको हो । साथै सोहि स्थानमा करेन्ट लागेर स्थानीय ४० वर्षकी इन्द्रमाया मगर घरबाट मनहरी तर्फ आउने क्रममा करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सेयर गर्नुहोस्