हेटौंडा । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २४ दशमलव ९७ अंकले घटेर २७५० दशमलव ८७ को विन्दुमा पुगेको छ ।
बुधबार ३२० कम्पनीका ९६ हजार ६ सय ७७ पटकको कारोबारमा २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ रुपैयाँ रहेको छ ।
१०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये माइक्रोफाइनान्स, हाइड्रोपावर र निर्माण कम्पनीहरू बढेको छ भने बाँकी राताम्मे छन् । आज जोशी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।
सेयर गर्नुहोस्