अटोले ठक्कर दिँदा एक युवकको मृत्यु

हेटौंडा टुडे
२० मंसिर २०८१, बिहीबार १२:५२

 हेटाैंडा। सिराहामा अटोले ठक्कर दिँदा युवकको मृत्यु भएको छ । घटनापछि स्थानीयबासीले सडक अवरुद्ध गरी आन्दोलन गरेका छन् ।

चोहर्वा सिराहा सडक खण्डमा पर्ने भलुवाही चौकमा बुधबार साँझ अटोले ठक्कर दिँदा सिराहा नगरपालिका ११ भलुवाहीका २१ वर्षीय निरज कामतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पैदल हिँडिरहेका कामलाई स १ ह ७२४ नम्बरको अटोले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । स्थानीयको प्रदर्शनको कारण सिराहा चोहर्वा सडक खण्डमा बिहीबार बिहानै ठप्प रहेको छ ।

स्थानीयले अटो चालकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image