हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहान भएको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनायो ।
त्यसका लागि चितवनका रवि बोपाराले अर्धशतक पूरा गरे । उनी ५९ रनमा अविजित रहे । कप्तान कुशल मल्ल २३, विपिन रावल ११ रनमा आउट हुँदा अन्य ब्याटर भने चलेनन् ।
बलिङ तर्फ कर्णालीका विपिन शर्माले ३, जिशन मक्सुदले २, नन्दन यादव र कप्तान सोमपाल कामीले एक-एक विकेट लिए । दुई खेल गुमाएको कर्णाली पहिलो जितको खोजीमा भने दुई खेलमा जित निकालेको चितवन तेस्रो जितको खोजीमा छ ।
सेयर गर्नुहोस्