हेटौँडामा बालिकाको लडेर मृत्यु

हेटौंडा टुडे
२२ मंसिर २०८१, शनिबार १९:०१

हेटौंडा ।हेटौँडामा एक जना बालिकाको लडेर मृत्यु भएको छ । शुक्रवार राति शौचालय जानेक्रममा लडेर लडेर मृत्यु भएको मकवानपुर प्रहरिले जनाएको छ ।  हेटौँडा उपमहानगरपालिका–५ सिँचाइ टोलमा डेरागरी बस्ने महोत्तरी डाँडा गाउँपालिका–३ अजमरपटी घर भएकी ५ वर्षीय सिरियाकुमारी मण्डलको मृत्यु भएको हो ।शौचालय जानेक्रममा लडेर टाउकाको भित्री भागमा चोट लागी गम्भीर घाइते बालिकाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । बालिकाको शव अस्पतालमै रहेको छ, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image