
हेटौडा । मकवानपुर उद्योग वाणिज्य संघको आगामी पुस २८ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाटले हेटौंडा(१० स्थित ऐतिहासिक श्री भूटनदेवी शक्तिपीठको अक्षयकोष स्थापनाका लागि २५ हजार आर्थिक सहयोग प्रदान गरेका छन्।
२०८१ मंसिर १७ देखि २६ गतेसम्म श्री भूटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक विकास समितिको आयोजनामा भैरहेको श्रीमद् देवीभागवत महापुराण धन्याञ्चल नवाह ज्ञान महायज्ञ का क्रममा रानाभाटले उक्त आर्थिक सहयोग गरेका हुन्।
समितिले रानाभाटको यस योगदानलाई धार्मिक, सांस्कृतिक र सामाजिक विकासमा प्रेरणादायक कदमका रूपमा लिँदै उनको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेको छ।
रानाभाटले धार्मिक तथा सामाजिक कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै शक्तिपीठहरूको संरक्षण र प्रवर्द्धनले पर्यटन विकास र स्थानीय आर्थिक प्रगतिमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।

