४ लाख ६० हजार भाइरस (एचपीभी) खोप नेपाल आइपुग्यो

हेटौंडा टुडे
३ पुष २०८१, बुधबार १३:२६

हेटौंडा । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियानका लागि पहिलो लटको खोप आइपुगेको छ ।

‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको एचपीभी खोप आएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले मंगलबार बेलुका ४ लाख ६० हजार भाइल खोप आइपुगेको जानकारी दिए ।

पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप निःशुल्क दिने भएको हो ।‘एचपीभी खोप अभियानका लागि कुल १७ लाख ७० हजार २० भाइल खोप आउने र त्यसमध्येको पहिलो लट मंगलबार राति आइसकेको छ । पटक–पटक गरी पुस अन्तिमसम्म सबै खोप आइसक्छ,’ डा. गौतमले अनलाइनखबरसँग भने ।

२२ माघबाट सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी खोप अभियान सञ्चालन गर्ने योजना बनाएको छ ।  नेपालमा वार्षिक करीव दुई हजार नेपाली महिलाको ज्यान पाठेघरको मुखको क्यान्सरबाट जाने विभिन्न अध्ययनले देखाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*