दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश

हेटौंडा टुडे
३ पुष २०८१, बुधबार १५:४६

 हेटौंडा । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाउ र बन्दीसहित उपस्थित हुने आदेश जारी गरेको हो ।

प्रसाईका छोरा निराजनले बाबुलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै मंगलबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए ।

पछिल्लो पटक जिल्ला अदालतले साइवर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजन सर्वोच्च पुगेका हुन् । साइबर अपराधको मुद्दामा ४० हजार धरौटी तिरेर रिहा भएका प्रसाई व्यापारीलाई धम्क्याएको भन्दै पक्राउ परेका थिए ।

यसअघि साइबर अपराधको मुद्दामा थुनामा पर्दा पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । उक्त निवेदनमा सुरुमा २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउने आदेश भएको थियो भने पछि खारेज गर्ने फैसला सुनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*