सासुको हत्या आरोपमा ज्वाइँ पक्राउ

हेटौंडा टुडे
८ पुष २०८१, सोमबार १३:१९

 हेटौंडा ।  काभ्रेको मण्डनदेउपुर नगरपालिका-१ गैरीगाउँ घिसिङ टोलकी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा उनकै ज्वाइँ पक्राउ परेका छन् । तिनमाया तामाङ मंसिर ३० गते आफ्नै घरभित्र मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा तिनमायाको हत्या आफ्नै ज्वाइँले गरेको देखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर घलेले जानकारी दिए।  पक्राउ परेका सुकबहादुर काभ्रेकै मन्डनदेउपुर २ निवासी हुन्।

सासुले आफूलाई काम नगर्ने बेकामे भनेर सधैँ गाली गर्ने गरेकाले मुक्का प्रहार गरेर, घरको खाँबोमा टाउको ठोक्काएर हत्या गरेको बयान उनले प्रहरीलाई दिएका छन्।

सुकबहादुरलाई पक्राउपछि काभ्रे जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image