हेटौँडा । हेटौँडामा कारले स्कुटरलाई ठककर दिँदा स्कुटर चालकको ज्यान गएको छ । भैसेबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौडा ज्ञ तिरतिरे धारामा भैसेबाट हेटौँडा आउँदै गरेको बा।प्र ०३–००२ प ७२६७ नम्बर स्कुटरलाई भारतीय बिआर ०५ विए ००६ नंबरको कारले ठक्कर दिँदा गम्भिर भएका मोटरसाईकल चालक हेटौँडा–१ चौकिटोल बस्ने युवराज लामाको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको छ । स्कुटरमा सबार बबिता लामा भने घाईते भएकि छिन् । प्रहरीले कार चालक भारत बिहार मोतिहारीका सुकर्णप्रताप सिंहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सेयर गर्नुहोस्