हेटौडा । पश्चिम मकवानपुरमा रहेको राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउनको लागि दुई दिन सार्वजनिक बिदा दिएको छ ।
इसाई धर्मावलम्बीहरूले मनाउने क्रिसमसको उपलक्ष्यमा पालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाले क्रिसमसको अवसरमा भोलि मंगलबार र बुधबार विदा दिएको हो । गाउँपालिका क्षेत्रमा इसाई धर्मावलम्बीहरुको उल्लेख्य वासिन्दा भएको भन्दै गाउँपालिकाले दुई दिन बिदा दिएको हो । गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरू बन्द रहने अध्यक्ष राजकुमार मल्लले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सेयर गर्नुहोस्