
हेटौडा । कुटपिटबाट मकवानपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका वडा न्मवर १० मुलगाउँ बस्ने वर्ष ५३ को हिराकाजी गोपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गत पुष ८ गते आगो ताप्ने क्रममा सामान्य विवाद हुँदा हिरालाललाई स्थानीय ४७ वर्षीय जयराम गोपालीले कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका हिरालाललाई उपचारको लागि काठमाडौंको दिर्घायु अस्पतालमा पठाइएको थियो ।
उनको सोही अस्पतालमा उपचारको क्रममा पुष १२ गते शुक्रबार मृत्यु भएको र प्रहरीले कुटपिट गर्ने जयरामलाई नियनत्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको मकवानुर प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्