हेटौंडा। हेटौंडा ११ नवलपुर, शान्तिटोलमा स्थानीय एक युवकले मादक पदार्थ सेवन गरी चक्कु प्रहार गर्दा आफ्नै आमा सहित ३ जना जनालाई घाईते बनाएका छन्। आइतबार दिउँसो स्थानीय ३० वर्षीय अमित कोईरालाले मादक पदार्थ सेवन गरी आफ्नै आमा तथा छिमकी समेतलाई कुटपिट तथा चक्कु प्रहार गर्दा ४ जना घाइते भएका हुन्।
कोइरालाको चक्कु प्रहारबाट आमा अन्दाजी ५० वर्षीया शान्ता कोईराला, छिमेकी १६ वर्षीया सबिना पौडेल, अर्का छिमेकी ५२ वर्षीय कृष्ण पौडेल र अन्दाजी ४८ वर्षीय हरी विडारी घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् । आमाको टाउको चोट लागेको थियो भने छिमेकी विडारीको भने घाटीँमा चोट लागेको छ ।
घटनामा घाइते ४ मध्ये निजको आमा उपचार पश्चात डिष्चार्ज भइसकेको र ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रवक्ता अर्यालले जनाएका छन् । घटनामा संलग्न कोइरालालाई चक्कु सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।