हेटौडा । मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आज हुने निर्वाचनका लागि अध्यक्ष पदमा दुई जनाको निर्वार्चन हुदै छ । । अध्यक्षमा पदमा वर्तमान अध्यक्ष अर्जुनप्रसाद दहाल, र पूर्व अध्यक्ष कृष्ण प्रसाद पोखरेल बिच आज निर्वाचन हुन् लागेको हो । अन्य २ पदको पनि निर्वाचन हुदै छ । अध्यक्ष संगै उपाध्यक्ष पद र जिल्ला प्रतिनिधि सदस्य पदमा पनि निर्वाचन हुन लागेको हो । उपाध्यक्ष पदमा गोविन्द प्रसाद दाहाल र कबिता न्यौपाने तेस्तै जिल्ला प्रतिनिधि सदस्यमा जनक रेग्मी र निल प्रसाद न्यौपाने दुई जनाको मैदानमा भिड्दै छन् । ९ सदस्य कार्य समिति ३ सदस्य लेखा समिति र जिल्ला प्रतिनिधिको लागि उम्मेदवारी दर्ता भएकोमा अन्य पदहरुमा भने निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित हुनेहरुको नामावलि : सदस्यहरु , मधु विश्यकर्मा , दामोदर अधिकारी ,सालिकराम सापकोटा ,सुर्यमाया रुम्बा , सर्मिला तिमल्सिना ,सरोज फयाल लेखा समिति सयोजनमा रोमनाथ रेग्मी , सदस्य बासु प्रसाद न्यौपाने सरस्वति अधिकारी ।