हेटौंडा । मनकामना दुग्ध सहकारी सस्थाको आज भएको मतदान सकिएको छ । कुल ३६४ मतदाता मध्ये जम्मा जम्मा ३४१ मत खसेको छ । आज खसेको मतको केही बेरमा मतगणना हुने निर्वाचन संयोजक सूर्यबहादुर गुरुङले जानकारी दिनुभएको छ। आज भएको मतदानमा अध्यक्ष पदमा पुन अर्जुन दाहाल र कृष्ण प्रसाद पोखरेल, उपाध्यक्ष पदमा गोविन्द प्रसाद दाहाल र कबिता न्यौपाने तेस्तै जिल्ला प्रतिनिधि सदस्यमा जनक रेग्मी र निल प्रसाद न्यौपाने बिच मतदान भएको छ अन्य पदमा भने निर्विरोध निर्वाचित भैसकेको छ । निर्विरोध हुनेहरुमा हुनेहरुको सदस्यहरु , मधु विश्यकर्मा , दामोदर अधिकारी ,सालिकराम सापकोटा ,सुर्यमाया रुम्बा , सर्मिला तिमल्सिना ,सरोज फयाल लेखा समिति सयोजनमा रोमनाथ रेग्मी , सदस्य बासु प्रसाद न्यौपाने सरस्वति अधिकारी रहेका छन ।
सेयर गर्नुहोस्