हेटौंडा । मनकामना दुग्ध उत्पादक सहकारि सस्थां लि को अध्यक्ष पदमा पुन अर्जुन दाहाल निर्वाचित भएका छन् । प्रतिस्पर्धि अध्यक्ष पदका उम्मेदवार कृष्ण प्रसाद पोखरेललाई ११२ मतको अन्तरले पराजित गर्दै दाहाल आज पुन :अध्यक्ष पदमा निर्वाचित भएका हुन् । ३४१ मत खसेकोमा अर्जुन दाहालले २२३ मत प्राप्त गरेका थिय भने कृष्ण प्रसाद पोखरेलले १११ मत प्राप्त गरेका छन ।
तेस्तै उपाध्यक्ष पदमा गोविन्द प्रसाद दाहालले २३९ मतले कबिता न्यौपानेलाई पछि पार्दै बिजयी भएका छन । जसमा गोबिन्द प्रसाद दहालले २८१ मत प्राप्त गर्दा कबिता न्यौपानेले जम्मा ४२ मत मात्र पाप्त गरेका छ । जिल्ला प्रतिनिधि सदस्यमा निल प्रसाद न्यौपानेले जनक रेग्मी लाई १०० मतले पछि पर्दै बिजयी भएका छन । जसमा निल प्रसाद न्यौपानेले २१० मत पाउँदा जनक रेग्मीले ११० मत पाप्त गरेको गरेका छन । जम्मा ३४१ मत खसेकोमा ७ मत बदर भएको निर्वाचन संयोजक सूर्यबहादुर गुरुङले जानकारी दिनुभएको छ।
संस्थाको संचालक समिति सदस्य तथा लेखा समिती सयोजक र सदस्य पदहरुमा सहमतिमा निर्विरोध भएको थियो । अध्यक्ष , उपाध्यक्ष र जिल्ला प्रतिनिधि सदस्य पदमा सहमति जुटन नसकेपछि आज आईतवार बिहानबाट मतदान भएको थियो ।