हेटौंडा। चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मंगलबार बिहान गएको भूकम्पमा परी ३६ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सीजीटीएनले जनाएको छ ।
नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रबिन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । काठमाडौँ उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बंगलादेशसम्म पनि महसुस गरिएको छ ।
सेयर गर्नुहोस्