काठमाडौँ लगायतका पहाडी जिल्ला आज पनि भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ९ बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । मंगलबार बिहान चिनको सिगात्से केन्द्रबिन्दु बनाएर ७। १ रेक्टरस्केलको भूकम्प गएको थियो । मंगलबार चीनको तिब्बतमा गएको ७।१ रेक्टरको भूकम्पको पराकम्पले आज फेरी काठमाडौं लगायतका पहाडी जिल्लालाई हल्लाएको हो । चीनको तिब्बत लगायतका स्थानमा गएको भूकम्पले अहिलेसम्म १२६ जना नागरिकको मृत्यु भइसकेको चीनिया सञ्चार माध्यमहरुले जनाएका छन् ।
सेयर गर्नुहोस्