हेटौडा । केहि दिन देखि बढेको चिसो र सितलहरका कारण वीरगञ्जका शैक्षिक संस्था ३ दिन बन्द हुने भएको छ । वीरगन्ज महानगरभित्र अत्यधिक चिसो बढेसँगै महानगरभित्रले नगर भित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । महानगरका शिक्षा अधिकृत हरि राउतले सूचना जारी गर्दै बाक्लो हुस्सु र शीतलहरका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले महानगरले पुस २४ देखि २६ गतेसम्म ३ दिन सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिने निर्णय गरेको महानगरका सुचना अधिकारी सुनिल कुमार कर्णले जानकारी दिनु भयो ।
सेयर गर्नुहोस्