रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश भए पनि लामिछाने तत्काल नछुट्ने, धरौटी बुझाए लगत्तै काठमाडौं ल्याइने भएको छ । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था भने छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरिएको छ ।
सेयर गर्नुहोस्