अमेरिकामा कार पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु

हेटौंडा टुडे
२६ पुष २०८१, शुक्रबार ११:०३

अमेरिकाको भर्जिनियामा कार पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु भएको छ । जनवरी ९ बिहीबार बिहान एउटा होटल बाहिरको पोखरीमा कार डुबेर दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका छन् । कार खड्काले चलाएका थिए ।

कार हिउँबाट चिप्लिएर जमेको पोखरीमा डुबेको एनबीसी वाशिंगटन बताइएको   छ । पोखरी कार डुब्ने खालको नभए पनि अत्यधिक चिसो पानी र उद्धार हुन समय लाग्दा खड्का र उनको आफन्त पर्ने भट्टको मृत्यु भएको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image