हेटौँडा । मकवानपुर उद्योग वाणिज्य सङ्घको निर्वाचनमा अध्यक्षमा प्रमोद सिंह रानाभाट निर्वाचित भएका छन। सङ्घको ५८ औँ साधारण सभा तथा निर्वाचन अन्तर्गत आगामी तीन वर्षका लागि शनिवार भयको निर्वाचनको आइतबार सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार रानाभाट एक हजार १४ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी अनिल अग्रवालले ७६५ मत प्राप्त गरे । महासचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा तेजराज अधिकारी र सह कोषाध्यक्ष निलम वैद्य निर्वाचित भएकाे निर्वाचन अधिकृत ईश्वरराज ढकालले जानकारी दिए । वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी, सचिवमा कूलप्रसाद चौलगाई तथा सदस्यहरूमा बालकृष्ण बजगाईँ, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल र राजेन्द्र लामिछाने निर्वाचित भए।
उद्योगतर्फ उपाध्यक्षमा दीपक उप्रेती, सदस्यहरूमा भूपेन्द्र अधिकारी कृष्ण गोपाल महर्जन, जगदीश दाहाल र महिला आरक्षणमा सीतादेवी भेटवाल निर्वाचित भएकाे सङ्घले जनाएको छ । एसोसियट उपाध्यक्षमा उज्ज्वल चौल गाई र सदस्यहरूमा नवराज खतिवडा र अङ्किता सुमार्गी, वस्तुगत उपाध्यक्षमा काव्यमणि अधिकारी र सदस्यमा शम्भु पुडासैनी निर्वाचित भए। वस्तुगत सचिवमा नेत्रप्रसाद खतिवडा र राजाराम कार्कीको १३–१३ मतसहित बराबरी भएको छ ।
अध्यक्षसहित २८ सदस्यीय कार्यसमिति रहेको सङ्घका दुई सचिव र पाँच जना कार्यसमिति सदस्यसहित सात जना सदस्य यसअघिनै निर्विरोध निर्वाचितभएको निर्वाचन अधिकृत ढकालले जानकारी दिए । सङ्घको एसोसियटतर्फ सचिवमा माधव ज्ञवाली र उद्योगतर्फ सचिवमा रूपकराज दाहाल निर्विरोध निर्वाचित भए ।
यस्तै कार्यसमिति सदस्यमा एसोसियटतर्फ सुकृतराज पराजुली, बहुराष्ट्रिय एसोसियटतर्फ विक्रमकुमार सन्जेल, मनहरी आरक्षणमा शङ्करप्रसाद कालाखेती, महिला आरक्षणमा वाणिज्यतर्फ निलमकुमारी पाण्डे र निलम बजगाईँ निर्विरोध निर्वाचित भए । सङ्घमा आजीवन, वाणिज्य, एसोसियट, उद्योग र वस्तुगततर्फ गरी दुई जना ९२ जना साधारण सदस्य रहेकोमा एक हजार ८१६ मत खसेको थियो ।