आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो।सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। सचिवालयका अनुसार आजको बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।
यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने योजनामा सरकार छ।
सेयर गर्नुहोस्